रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट १८ औँ गाउँ सभाकाे आजको बैठकमा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गरेकी हुन ।
Advertisement
कुल बजेट मध्ये सङ्घीय समानीकरण अनुदान तर्फ ८ करोड ७७ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदान तर्फ १ करोड ३० लाख, समपूरक अनुदान तर्फ १० करोड ४० लाख, राजश्व बाँडफाँट तथा आन्तरिक उत्पादन ९ करोड, ८३ लाख ९४ हजार ९ सय ८ र प्रदेश समानीकरण अनुदान तर्फ १० करोड ४८ लाख ९ हजार बजेट प्रक्षेपण गरिएको छ । उपाध्यक्ष तारा बुढा केसिले बजेट सभामा पेश गरेकी हुन ।
राष्ट्रिय गित बाट सुरु भएको गाउँसभा गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरबाट २०८२ / ०८३ को नीति तथा कार्यक्रम भएको थियोे ।