नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताएका छन् ।
Advertisement
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भुमिका अझ प्रभावकारी बनाउन सक्ने सामथ्र्य पार्टी नेतृत्वसँग रहेको उनको दाबी छ । उनले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याए ।
उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताए ।