• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

सुस्वा आयोजना र नगरपालिकाको संयुक्त टोलीद्वारा योजना अनुगमन

  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका वडा नम्वर-११ रिठामा सञ्चालित रिठा बहुउपयोगी खानेपानी तथा सरसफाइ योजनाको आज शुक्रवार अनुगमन गरिएको छ । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ( सुस्वा) र नगरपालिकाको संयुक्त टोली द्वारा अनुगमन गरिएको हो । योजनाको कार्यान्वयन अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गरिएको उक्त अनुगमनमा आठबिसकोटका नगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही , सुस्वा आयोजनाका डिप्युटी टिम लिडर मान बहादुर बि.क., प्रमुख प्रशासकीय अधिकृत , सुस्वा आयोजनाका वास सल्लाहकार प्राविधिक, र उपभोक्ता समिति प्रतिनिधिको सहभागिता रहेको थियो।

    Advertisement

    अनुगमनका क्रममा योजनाको भौतिक प्रगति, बजेटको उपयोग, निर्माण गुणस्तर, र सेवा प्रवाहका विषयमा निरीक्षण गरिएको हो। सुस्वा आयोजनाका डिप्युटी टिम लिडरले सु्स्वा आयोजना अन्तरगत २५ पालिकाहरुमा यसै आर्थिक वर्षमा सञ्चालनमा रहेका ७ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरु मध्ये यो योजना पनि एक रहेको जानकारी दिए । साथै यस आयोजनाबाट खानेपानीको समस्या समाधान भई सिँचाई मार्फत आम उपभोक्ताहरुको जीविकोपार्जनमा पनि सहयोग पुग्ने उनले बताए ।

    सुस्वा आयोजनाका वास सल्लाहकार प्रमोद लाल श्रेष्ठले योजना समयमै सम्पन्न गरी पूर्ण सरसफाइका सुचकहरुपनि पुरा गर्दै खानेपानी सेवा क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्नतर्फ अग्रसर हुनुपर्ने भन्दै शुभकामना व्यक्त गरे ।योजनाहरुमध्ये यो खानेपानी तथा सरसफाइ आयोजना बहुउपयोगी भएकाले प्रतिनिधिहरूले योजना कार्यान्वयनमा पारदर्शिता, गुणस्तरीयता र समयसीमा पालनामा विशेष जोड दिनुपर्ने बताए। यो आयोजनाको काम ९५ प्रतिशत सकिएको बताईएको छ । अनुगमनका क्रममा डिजाईन स्टामेट र गुणस्तरताको सुनिश्चिता भएको अनुगमन टोलीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख रवि केसीले भने, “योजनाहरू जनताको हितमा होस् भन्ने हाम्रो प्राथमिकता हो। अनुगमनमार्फत योजनामा कमजोरी देखिएको खण्डमा तुरुन्त सुधार गर्न निर्देशन दिइएको छ । केसीले भने, नगरपालिका र आयोजना दुवै मिलेर योजनाको दीगोता सुनिश्चित गर्ने प्रतिबद्ध छौँ ।

    सुस्वा आयोजनाका प्रतिनिधिले जनसहभागिता र स्थानीय जिम्मेवारी बिना योजना सफल नहुने भन्दै अनुगमनको नतिजा आधारमा सुधारात्मक कदम चालिने बताएका छन्। मिटर जडित धारा भएकाले यो आयोजना समान रुपमा वितरण हुने बताईएको छ । उक्त आयोजना मार्फत घर घरमा बालमैत्री र अपाङगमैत्री धारा बनेको आयोजनाले जनाएको छ । सो आयोजनामा खानेपानीको मुहान संरक्षण र जलवायु परिवर्तनको असर कम गर्न बायोइन्जिनियरिङ मार्फत खानेपानीको मुहान संरक्षित गरिएको छ, । जसले गर्दा खानेपानीको मुहानमा पहिरो रोकथाम सङै वृक्षरोपण गरेर मुहानलाई थप संरक्षित गरिएको छ । साथै यस योजनामा (Inline Chlorination )जडान गरिएकाले उपभोक्ताहरुले सुरक्षित खानेपानीको उपभोग गर्नेछन् ।

    भुकम्प प्रभावित क्षेत्रमा दिगो खानेपानी आयोजना बन्ने भएपछी उपभोक्ताहरुमा खुसीयाली छाएको छ । भुकम्पका कारण सुक्दै गएका मुहानहरुलाई संरक्षण गरेर खानेपानीको आयोजना बन्ने भएपछी स्थानीयहरुमा खुसीयाली छाएको हो । सोही ठाउँकी उपभोक्ता सिमा चन्दले भनिन, यस अघि हामीले धेरै खानेपानीको काम गर्यौ! योजनाहरु पनि थिए । तर ती सबै एक वर्षभित्रमा लथालिङ्ग भएर गए । तर यि आयोजना दिगो र भरपर्दो रहेको छ । यो आयोजना सम्पन्न पछि अब हामीले खानेपानीको झनझट बाट मुक्त हुने आशा गरेका छौ।

    अनुगमन कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी , उपप्रमुख धन कुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, सुस्वा आयोजनाका डिपुटी टिम लिडर मान बहादुर बिक, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , वास संयोजक नरेन्द्र केसी , प्राविधिक सहजकर्ता र सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.