राजनीतिमा पछिल्लो समय युवाहरुको आकर्षण बढिरहेको छ । एमाले निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा रुकुम पश्चिमका १५ वर्षिय रिजन शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
Advertisement
२४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। सोही महाधिवेशनमा शर्मा देशभरीकै प्रतिनिधि मध्ये कान्छा प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी भएका हुन्।
रुकुम पश्चिमको आठबिसकोट ९ स्थित बाल कल्याण माविमा अध्ययनरत उनी उमेरका हिसावले देशैभरका प्रतिनिधि मध्ये कान्छो प्रतिनिधि हुन्।