काठमाडौं । अमेरिका बाट डिपोर्ट भएर नेपाल आएका ३७ जना मध्ये १४ जना रुकुमका रहेका छन्। जसमा दाङ तुलसीपुरका ८ , म्याग्दी ४ जना, बागलुङ जना , सल्यान, जाजरकोट, सिन्धुपाल्चोक, काठमाडौं, सिन्धुली, धनकुटा, दोलखाका १/१ जना। १४ जना रुकुम का मध्येमा ३ जना आठबिसकोटका रहेको बुझिएको छ ।
उनीहरु १३ मुलुक भारत, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै बाटोमा १ वर्षबढी लगाएर अमेरिका प्रवेश गरेका थिए।
३ महिनादेखि १८ महिनासम्म अमेरिकाको अध्यागमनकै थुनामा परेका र डीभी परेर अमेरिका पुगेका युवाको हकमा भने ‘लिभिङ टुगेदर’मा रहेकी प्रेमिकाले ४० डलरको विवादमा उजुरी दिएपछि डिपोर्ट गरिएको बताईएको छ ।
ट्रम्पले राष्ट्रपतिले शपथ लिएपछि अहिलेसम्म अमेरिकाले १७७ जना नेपाली डिपोर्ट गरिसकेको छ । उनीहरु बाट एजेन्टहरूले सबैभन्दा धेरै रू १ करोड ४० लाख र सबैभन्दा कम रू ४५ लाख लिएको प्रहरीलाई बताएका छन्।