गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्।
सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम आएकी रिमाल बिरामी भएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रुकुम-पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याइएको हो।
Advertisement
अहिले उनी काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत छिन्।
सोमबार रुकुम-पश्चिम पुगेकी उनले मंगलबार सानीभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो।