आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिकाले मनसुन सक्रिय भए सँगै नगरपालिकामा घट्न सक्ने विपदका घटनाहरु बाट सतर्क रहन नगरबासीलाई अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै यस वर्ष सरदर भन्दा बढी वर्षा हुने भएकाले जोखिम बाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Advertisement
नगर प्रमुख डम्बर बहादुर रावतका अनुसार नलगाड नगरपालिकाका बिभिन्न स्थानहरुमा बाढी पहिरोको उच्च जोखिम रहेकाले सो क्षेत्रमा बसोबास गर्ने घरपरिवारहरुले सतर्कता अपनाएर पुर्व तयारीका साथ जोखिम बाट बच्न अनुरोध गरिएको हो ।
विपदजन्य घटना घटेमा तुरुन्तै नगरपालिकाको नगर प्रमुख डम्बर बहादुर रावत, उपप्रमुख देवका लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन र विपद व्यवस्थापन शाखामा कार्यरत सिर्जना कुमारी बडुवाललाई जानकारी अथवा सम्पर्क गर्न नगरवासीहरु लाई आग्रह गरिएको छ ।
