संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ। अमेरिकाले विमान चार्टर्ड गरेर ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेको हो।
Advertisement
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो।
ब्युरोले उनीहरूलाई कसरी त्यहाँ पुगे र कसले त्यहाँ अवैध रुपमा पुर्यायो भनेर सोधपुछ गर्नेछ। तर उनीहरूले आफूलाई पठाउने दलालको बारेमा प्रहरीलाई कुनै जानकारी दिन अस्वीकार गरेका छन्।