• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ४. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ५. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ६. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ७. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. गुल्मिबाट सागर ढकाल निर्वाचित

आयआर्जनमा सघाउन किसानलाई ‘बाख्रा उपहार’

  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
  • बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरियो ।

    Advertisement

    ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरिन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेको हो ।

    बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ ।

    आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका हुन् । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजीका रूपमा सापकोटालाई दिएका हुन् ।

    सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा एक सय चार पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ ।

    उक्त उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरेका थिए ।

    उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ, परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ ।

    बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरपालिकाका १४ मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।

    कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउपुँजीबाट सहयोग मिलिरहेको छ । समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।

    महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बीउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको थुप्रै उदाहरण रहेको जनाउँदै अन्य पालिकामा महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले बताए ।

    उनले महिलालाई बाख्रापालनमा आकर्षित गर्ने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउँदा फलदायी हुने एवम् नगरपालिकाकै छिमेकी पालिका काठेखोला गाउँपालिकाको तङ्ग्राममा महिलाले बाख्रापालनबाटै वार्षिक एक करोड कमाउँदै आएको जानकारी दिए । रासस

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?
    समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?
    एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित
    जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक
    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ४.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    भर्खरै

    • १.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • २.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ३.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ४.
      जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

    • ५.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ६.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ७.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ८.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.