आठबिसकोट । ठुलिभेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका-८ मन्मै स्थित बन्दै गरेको पुल नजिकै भेरी नदीमा पौडी खेल्न तीन जना आज दिउंसो करिब २:३० बजेतिर बगेर बेपत्ता भएका थिए ।
Advertisement
बेपत्ता भएका दुई जनाको शव फेला परेको हो । पौडी खेल्न गएकी अन्दाजी १२ वर्षिया भगवती नेपाली र वर्ष १२ का महेश कुसरीको शव फेला परेको हो । अझैं बेपत्ता रहेका आशा कुसारीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट झन्डै ८ सय मिटरको दुरीमा आठबिसकोट नगरपालिका-९ को गिजागाड खोला नजिकै फेला परेको जनाईएको छ ।