आठबिसकोट । ठुलिभेरी नदीमा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-८ मन्मै स्थित बन्दै गरेको पुल नजिकै भेरी नदीमा पौडी खेल्न गएकी अन्दाजी १२ वर्षिया भगवती नेपालीको पौडी खेल्नेक्रममा बगेर मृत्यु भएको हो ।
Advertisement
उनी सङै पौडी खेल्न गएका २ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालयले आठबिसकोटले जनाएको छ ।
नेपालीलाई झण्डै ८ सय मिटर टाढा भेरी किनारा र आठबिसकोट -९ को गिजागाड खोला नजिकै फेला पारिएको थियो । उनलाई आठबिसकोट स्थित नगर अस्पतालमा मृत घोषणा गरिएको आठबिसकोट नगर अस्पतालले जनाएको छ । बेपत्ता रहेका अन्दाजी १२ वर्षका आशा कुसारी र अन्दाजी १० वर्षका महेश कुसारीको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।