• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ३. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ४. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ५. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा , नेपालको सांसद पद निलम्बन


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    Advertisement

    अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

    पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा पर्छ ।

    नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो भने मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलो पटक हो । अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध आज बिहीबार नै मुद्दा दर्ता भएको पनि अख्तियारले जनाएको छ ।

    यसअघि अख्तियारले पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको थियो ।

    पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो ।

    यस्ताे छ, आरोपपत्र

    पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

    पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल हाल नाम परिवर्तन भई पतञ्जली योगपीठ नामक मुनाफा वितरण नगर्ने प्रकृतिको कम्पनी स्थापना भएको देखिन्छ। उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरुलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेको व्यक्तिहरुसँगको मिलोमतो तथा योजनामा काभ्रेपलाञ्चोक जिल्लाबाट शुरु गरी देशको विभिन्न स्थानमा समेत भूमि सम्वन्धी ऐन, 2021 को दफा 7 र दफा 8 ले तोकिदिएको अधिकतम हदबन्दीभन्दा बढीको जग्गा खरिद गरे गराएको देखिन्छ। भूमि सम्वन्धी ऐन, 2021 को दफा 7 र दफा 8 ले तोकिदिएको हदभन्दा बढी जग्गा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा लिखत पारित गर्ने गराउने कार्य भूमि सम्बन्धी ऐन, २०२१ को दफा १० विपरितको कार्य भएको र उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा 1१ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने देखिन्छ। साथै, पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल तथा उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहसमेतले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारी, सनराईज बैंकका कर्मचारी/पदाधिकारी, भूमिसुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी तथा विभागीय मन्त्री, मुख्य सचिव, मन्त्रिपरिषद्, विधेयक समितिका संयोजक, प्रधानमन्त्रीसमेतका पदाधिकारीसँगको मिलोमतो योजनामा राष्ट्रसेवकहरुले आफ्नो ओहोदाको दुरुपयोग गरी गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तीको सम्वन्धमा निर्णय निकाशा गर्दा गराउदा आफू तथा अन्य प्रतिवादीहरुलाई लाभ हुने गरी बदनियत राखी शुरु तहको कार्यालय देखि नेपाल सरकार (मन्त्रिपरिषद्) सम्मबाट विभिन्न गैरकानूनी निर्णय गरे गराएको देखिन्छ। साथै उक्त हदबन्दीभन्दा बढीको जग्गा खरिद विक्रि समेतको कार्यमा तहगत संरचना निर्माण गरी गराई पतञ्जली योगपीठ तथा उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह र माथि विवेचित सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिहरुसमेतले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई आफूहरुलाई लाभ र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियत राखी भ्रष्टाचारजन्य कसूर अपराध गरेको तथ्यलाई क्रमश कसूरजन्य कार्यहरु 1, 2, 3, 4 मा विस्तृत विश्लेषण गरी अभियोग मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

    साथै उक्त कसूरजन्य कार्यको समष्टिगत विश्लेषणको सारांश फ्लोचार्ट नं. १ मा देखाईएको छ।

    कसूरजन्य कार्य १:

    पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा हदभन्दा बढी जग्गा खरिद गर्ने गराउने कार्य अन्तर्गत गलत लिखत तयार गरेको सम्वन्धमाः

    भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ ले तोकिदिएको जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद र सोही ऐनको दफा ८ ले तोकिदिएको मोहीको हैसियतले कमाउन पाउने अधिकतम हदभन्दा बढी जग्गा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा लिखत पारित गर्ने गराउने कार्य भूमि सम्बन्धी ऐन, २०२१ को दफा १० विपरितको कार्य भएको देखिन्छ। सोही पारित लिखत बमोजिम जग्गाधनी दर्ता श्रेष्ता र जग्गाधनी प्रमाण पूर्जा तयार गर्ने गराउने कार्यसमेत कानून सम्मत देखिदैँन। तसर्थ पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल, उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह र सरकारी सार्वजनिक पद धारण गरेकासमेत व्यक्तिहरुले आपसी मिलोमतो तथा योजनामा आफूसमेतलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले हदभन्दा बढी जग्गा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा रजिष्ट्रेशन पारीत गर्ने गराउने गरी गलत लिखत तयार गरे गराएको तथ्य वारदात स्थापित भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसूरमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन अभियोग मागदाबी लिई आरोपपत्र दायर गरिएको छ।

    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    • २.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ३.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ५.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ६.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ७.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.