रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१ नं वडा देखि ६ न वडा , स्यालाखदी गातामकोटका स्थानीय बासिन्दा पछिल्ला तीन दिनदेखि दूरसञ्चार सेवाविहीन अवस्थामा जीवन यापन गर्न बाध्य भएका छन्। नमस्ते (नेपाल टेलिकम) को मोबाइल टावर बन्द भएपछि स्थानीयवासी सञ्चार सम्पर्कविहीन बनेका हुन्।
Advertisement
स्थानीय बासिन्दाहरूका अनुसार टावर बन्द भएको कारणले न त कल गर्न मिलिरहेको छ, न त इन्टरनेट सेवा चलिरहेको छ। यसले विशेष गरी विद्यार्थी, व्यापारी तथा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई निकै कठिनाइ भएको छ।
“हामी तीन दिनदेखि बाहिरी संसारसँग सम्पर्कविहीन भएका छौं,” एक स्थानीय युवा कमल विकले बताए। “कसैलाई आपत्कालीन खबर दिनु परे पनि समस्या छ। अनलाइन कक्षा लिने विद्यार्थीहरू सबै हैरान छन्।”