राजधानीमा आइतवार भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राजावादी समूहले भोलि जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छन्।
Advertisement
राप्रपा नेपाल अध्यक्ष कमल थापा र सांसद दीपक सिंहलाई गरिएको गिरफ्तारीप्रति तीव्र आक्रोश व्यक्त गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी दमनको निन्दा गरेका छन् र बन्द सफल बनाउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। प्रदर्शनका नाममा उग्र बनेका राजावादीहरु पछिल्लो समय आक्रमण रुपमा प्रस्तुत भैरहेका छन्।