आजभोली जन्मदिन मनाउने चलन फरक–फरक तरिकाले हुने गरे पनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडीज्युला शिक्षा क्याम्पसका प्रमुख तेज बहादुर मल्लले भने यस वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाएका छन्। उनले केक काटेर होइन, वृक्षारोपण गरेर जन्मदिन मनाएका हुन्।
मल्लले क्याम्पस परिसरमा १० वटा छायाँदायी बिरुवाहरू रोपे। उनी भन्छन्, ‘हरेक वर्ष जन्मदिनमा खर्च हुने पैसा यसपालि वृक्षारोपणमा लगाएँ। प्रकृतिका लागि सानो योगदान हो।’बोटविरूवाले घरवरिपरीकाे वातावरणलाई हरियाली मात्रै वनाउदैन मानिसलाई प्रत्येक सेकेन्ड बाँच्न चाहिने अक्सिजन दिन्छ । त्यसकारण आज मैले मेरो जन्मदिनकाे अवसरमा क्याम्पस प्राङ्गनमा वृक्षारोपण गरें ।

वृक्षारोपणलाई जीवनसँग जोड्न प्रेरणादायी कदम भन्दै सहभागी साथिभाईले क्याम्पस प्रमुख मल्ललाई प्रशंसा व्यक्त गरेका थिए । ‘समाजमा यस्ता सकारात्मक अभ्यासहरू फैलिनु आवश्यक छ । केक खाएर सकिने जन्मदिनभन्दा बोट रोपेर भविष्य सुरक्षित बनाउने उनको सोच प्रेरणादायी देखिन्छ । उनी लामो समय देखि राडीज्युला शिक्षा क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा कार्यरत छन्।