सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीमा प्रविधिको एकीकरणलाई प्राथमिकता दिइने बताए।
Advertisement
उनले प्रत्येक जिल्लामा एक विद्यालय छनोट गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे। यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयलाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरिनेछ।