• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आठबिसकोट वास ईकाई द्वारा खानेपानी गुणस्तर परिक्षण र बायो ईन्जिनियरिङ्ग सम्बन्धि तालिम सञ्चालन


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खानेपानी गुणस्तर परिक्षण सम्बन्धि तालिम सुरु भएको छ । आठबिसकोट नगरपालिका वास ईकाई रुकुम पश्चिमको आयोजना र वातावरण तथा जनस्वास्थ संस्था (ईएनफो) को प्रशिक्षण तथा सहजिकरणमा आज मंगलबार देखि तालिम सुरु भएको हो । पानीको गुणस्तर परीक्षण तालिम तथा WDSS र विद्यालयको पानीको गुणस्तर परीक्षण कार्यशाला गोष्ठी शिर्षक अन्तर्गत तालिम सुरु गरिएको वास ईकाइले जनाएको छ ।

    Advertisement

    सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) को आयोजनामा आठविसकोट नगरपालिकाको लागि आधारभुत स्तरको खानेपानी गुणस्तर प्रयोगशाला स्थापना र निरन्तरता दिदैँ खानेपानी योजना सञ्चालन भइरहेका समुदाय तथा उपभोक्ता समितिहरुलाई नियमित रुपमा पानीको परीक्षण गर्ने सीप प्रदान गर्नका लागि यो तालिम सञ्चालन गरिएको वास संयोजक नरेन्द्र केसीले जानकारी दिए। सहभागीहरूलाई पिउने पानीको गुणस्तर परीक्षण प्रक्रिया (Drinking Water Quality Testing Process )सम्बन्धी आधारभूत सीप र ज्ञान प्रदान गर्ने, पानीको भौतिक, रासायनिक र जीवाणुजन्य परीक्षण गर्ने विधि सिकाउनुका साथै खानेपानी स्रोतको नियमित गुणस्तर जाँच गर्ने क्षमता विकास र परीक्षणबाट प्राप्त नतिजाको विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्न तालिमले टेवा पुर्याउने केसीले बताए ।

    उनका अनुसार पालिका स्तरमै पहिलोपटक पानीको गुणस्तर परिक्षण र प्रयोगशाला स्थापना हुने हुँदा यो तालिम महत्वपुर्ण भएको जानकारी दिए । उनले भने , खानेपानी लाई दिगोपना बनाउन र गुणस्तरियता कायम राख्न यो तालिमले ठुलो सहयोग गर्ने छ । भने अर्कोतिर यो कार्यक्रम सकिसकेपछि पनि उपभोक्ताले नै पानीको गुणस्तर जाँच गर्न सक्ने हुँदा यसलाई एक महत्वपुर्ण तालिमका रुपमा लिइएको छ ।

    आठबिसकोट नगरपालिकाको सभाहलमा भएको तालिमको नगर उपप्रमुख धन कुमारी शाहीले उद्घाटन गरेकी हुन्। भने वास संयोजक नरेन्द्र केसीले स्वागत मन्तव्य सहित तालिमको पृष्ठभूमि र उदेश्य बारे प्रष्ट पारेका थिए । त्यस्तै तालिममा निमित्त प्रशासकीय अधिकृत राजेश गौतमको पनि उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षण प्रशिक्षक शोभा राणा मगरले दिएकी छन्।

    तालिम उद्घाटनमा बोल्दै नगर उपप्रमुख धनकुमारी शाहीले भनिन, खाने पानीको गुणस्तर जाँच सम्बन्धी तालिम अत्यन्तै महत्वपूर्ण र उपयोगी छ ।, विशेषगरी सुरक्षित पानी पहुँच र जनस्वास्थ्य सुनिश्चित गर्नका लागि यसले सहयोग गर्ने छ । यस्तो तालिमले सहभागीलाई पानीको गुणस्तर जाँच्न सक्षम बनाउँनुका साथै जनचेतना पनि जगाउने शाहीको भनाई छ ।

    सुस्वा आयोजना सञ्चालन भइरहेका खानेपानी उपभोक्ता समिति , वास इकाइका प्राविधिक समुह, नगरपालिकाका भौतिक तथा पुर्वाधार शाखाका प्राविधिकहरु तथा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु मध्येबाट १।१ जना छनौट भएकाहरुलाई तालिममा सहभागी गराईएको बताईएको छ । १७ वटा योजनाका २१ जना सहभागीले तालिमबाट लाभ लिने जनाईएको छ । १३ गते देखि १५ गतेसम्म चल्ने उक्त तालिमको सञ्चालक वास सहजकर्ता गोपाल विसीले गरेका थिए ।

    त्यसैगरी उक्त तालिम उद्घाटनमा सुस्वा आयाेजनाकाे वास सल्लाहकार प्रमाेद लाल श्रेष्ठकाे पनि उपस्थिति थियाे । कार्यक्रममा वास सल्लाहकार श्रेष्ठले याे तालिम आठविसकाेट नगरपालिकाका लागि समुदाय स्तरकाे समेतकाे उल्लेख्य सहभागितामा पानी परिक्षण सम्बन्धी तालिम र १७ वटा याेजनाहरुकाे पानी नमुना संकलन गरी पानी गुणास्तर मापण गर्न वास सेक्टरको संस्था ENPHO बाट सहजीकरण र प्रशिक्षण गर्न थालिएकाे कुराले सुस्वा आयाेजनालाइ जानकारी सँगै तालिम आफैमा निकै महत्वपुर्ण भएको बताए ।

    प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन र मुहान संरक्षण तथा वायो ईन्जिनियरिङ्ग सम्बन्धि तालिम

    रीठा बहुउपयोगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन र मुहान संरक्षण तथा वायो ईन्जिनियरिङ्ग सम्बन्धि तीन दिने तालिम सुरु गरिएको छ ।

    आठबिसकोट नगरपालिका वडा नम्वर ११ अन्तर्गत पहिचान गरिएको रीठा बहुउपयोगी खानेपानी योजनाको मुहानमा पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ्ग अन्तर्गत पहिरो न्यूनीकरण तथा स्रोत संरक्षण तथा खानेपानी योजनासँग सम्बन्धित संरचना निर्माण जोखिमयुक्त क्षेत्रमा बायो इन्जिनियरिङ्ग फिल्ड कार्यको आयोजना गरिएको बताईएको छ ।

    उक्त आयोजना अन्तर्गत स्थानीय भू–भौगोलिक अवस्था, माटोको प्रकार, पानीको स्रोत र संरचना वरपरको अवस्थाको अध्ययन गरी अनुकूल बोटबिरुवा रोप्ने कार्य, जिओ–ब्याग, ब्रश लेयर, फ्यासिन, ड्रेनेज निर्माण जस्ता उपायहरू अवलम्बन गरिने जनाईएको छ । खानेपानी संरचना सँग सम्बन्धित जोखिमयुक्त क्षेत्रको पहिचान र स्थलगत मुल्याङ्कन, माटो परिक्षण न्यूनीकरण तथा पहिरो रोकथामका लागि उपयुक्त बायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग तथा स्थानीय स्रोतसाधन प्रयोग गर्दै वातावरणीय सन्तुलन कायम गर्ने उदेश्यका साथ यो तालिम सुरु गरिएको वास ईकाई आठबिसकोटले जनाएको छ ।

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.