सल्यानमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। आइतबार दिउँसो सल्यान कपुरकोट गाउँपालिका– ५ रिमबाट दाङ तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट–३ लामिडाँडा नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी सल्यान कपुरकोट– ५ की ६३ वर्षीया भिमा बुढा, ६७ वर्षीया मन्जिता बाहेरा, ३८ वर्षीया विजय बुढाथोकी, ८ वर्षीया रोसनी महतरा, १८ वर्षीया पुष्पा महतरा, ४५ वर्षीया चन्द्रकला महतरा, १५ वर्षीया सपना बुढाथोकी रहेका छन्। यस्तै वडा नं ४ की ४६ वर्षीया सीता बुढा र वडा नं ६ का ५५ वर्षीय गोरेलाल बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको उनको भनाइ छ। घाइतेमध्ये भिमा बुढा, मन्जिता बोहरा, विजय बुढाथोकी, सपना बुढाथोकी र गोरेलाल बोहरालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बस्नेतको भनाइ छ।
जिप अनियन्त्रित भइ सडकबाट करिब ४ मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।