• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ

शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता

माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास

प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी

सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

घट्यो सुनको मुल्य

रास्वपा नेता यादव पक्राउ

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. युवा, राजनीति, देश र इन्टरनेट

  • ४. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ५. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ६. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ७. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ८. सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

  • ९. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • १०. घट्यो सुनको मुल्य

यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान


  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
  • यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ। यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ।

    Advertisement

    मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो।

    प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

    “हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौं, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने, “मौज्दात सामग्री के छ? कति थप आवश्यक पर्दछ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौं।”

    यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे। उनका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ।

    यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक-एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्यांकन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए।

    यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ। मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ। सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका वाला प्रतिनिधि तथा संघसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो।

    जल तथा मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ।

    यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।

    उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

    सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

    साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ। रासस

    आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ
    शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता
    माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास
    प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी
    सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता
    ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      युवा, राजनीति, देश र इन्टरनेट

    • ४.
      अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

    • ५.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ६.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    भर्खरै

    • १.
      मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ

    • २.
      शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता

    • ३.
      माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास

    • ४.
      प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी

    • ५.
      सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

    • ६.
      ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

    • ७.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • ८.
      घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.