आठबिसकोट । रुकुम पश्चिममा विद्युत् मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ स्थित बोहोरागाउँमा विद्युत्को पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
Advertisement
प्रहरीका अनुसार, रुकुम पूर्वमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि खड्का मर्मतका लागि रुकुम पश्चिमको बोहोरागाउँ पुग्नुभएकाे थियो । मर्मतका क्रममा पोलमा चढेका बेला करेन्ट लागेर घटनास्थलमै उहाँको मृत्यु भएको हो ।
बिहीबार राति करिब साढे १० बजेतिर विद्युत् मर्मत गर्दैगर्दा रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको ज्यान गएको हो ।