आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा आज बिहिवार अप्रान्हमा आएको हावाहुरीले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । नगरपालिकाको वडा नम्वर ११ स्थित सिमबजार नजिकै चौर जाने बाटोमा रहेका घुम्ती पसलमा क्षति पुर्याएको हो ।
Advertisement
हावाहुरीले उडाएर २ वटा घुम्ती मध्ये एउटा पसल पसल करिब ३० मिटर टाढा बिजुलिको पोलमा अड्किएको आठबिसकोट नगर प्रहरीले जनाएको छ । स्थानीय मिना धौलाकोटी घुम्तिमा रहेको २५००० हजार रुपैयाँ बराबरको क्षति भएको जनाईएको छ ।

त्यस्तै अर्का भिम बहादुर नाथको घुम्ती उडाएर झण्डै ७० मिटर टाढा सडकको बायाँ छेउमा ठोक्किएर पुर्ण रुपमा क्षति भएको बताईएको छ । हावाहुरीबाट मानवीय क्षति भने भएको छैन्।