काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित एक कार्यक्रममा छन्त्यालसहित विभिन्न राजनीतिक दल परित्याग गरेका १३ जनाले माओवादी केन्द्रको सदस्यता ग्रहण गरेका हुन्।
Advertisement
उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गर्दै आगामी दिनमा पार्टीलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।