रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर दुई जना महिला घाईते भएकी छन्। आज बिहान आठबिसकोट नगरपालिका ८ मा परेको चट्याङको लागेर उक्त वडाका दुई जना महिला घाईते भएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
Advertisement
घाईते हुनेमा वडा नम्वर ८ की ४२ वर्षीया खम्बी चदारा र वडा नम्वर ७ की ४५ वर्षीया शसिली नेपाली रहेको प्रहरीले जनाएको छ ।
वडा नम्वर ८ का अध्यक्ष खगेन्द्र बिकको घर नजिकै चट्याङ परेको जनाईएको छ । उनीहरुको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।