• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

‘एक घर, एक कक्षाकोठा’


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको भैसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो । भैसाही गाउँका अधिकांश मानिस खेतीकिसानीमै भर पर्नुपर्ने अवस्था छ ।

    Advertisement

    भैसाही गाउँमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाको घरमा आफ्नै कक्षाकोठा बनाइएको छ । विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर बालबालिकालाई अध्ययन गर्न रुचि जगाउनका लागि कक्षाकोठा निर्माण गरिएको हो । सानै उमेरमा हुने विवाहलाई रोक्न बालबालिकाको अध्ययनमा रुचि जगाउनका लागि घरको एक कुना, एक कक्षाकोठा अवधारणा ल्याइएपछि बालबालिकाको अध्ययनमा रुचि देखिन थालेको छ ।

    भैसाही गाउँको प्रायः जसो घरको एउटा कुनामा रङ्गीचङ्गी चित्रले भरिएको कक्षाकोठा बनाइएको छ । टेबुलमा बसेर अध्ययन गर्नका लागि कुनै घरमा कुर्सी राखिएका छन् भने कुनै घरमा गुन्द्री हुन्छ । घरको भित्तामा विभिन्न अध्ययन समाग्री सजाइएको छ । टेबुलमा बालबालिकाले आफ्नो अध्ययन गर्ने पुस्तक सजाएर राखेका छन् ।

    त्यसै घरको एक कुनामा बसेर गुलरिया–१२ का ११ वर्षीय आदित्य थारूले आफ्नो भविष्य खोजिरहनुभएको छ । भैसाही गाउँका आदित्य थारूले आफ्नो घरको कक्षाकोठामा उभिएर अनुभव सुनाउँदै भन्नुभयो, “पहिले यसरी पढ्ने वातावरण थिएन, एक वर्ष भयो हामीले घरमै कक्षाकोठा बनाएका छौँ ।” विद्यालयमा अध्ययन गरेका विषय घरमा पुगेर अध्ययन गर्ने वातावरण सिर्जना गर्न आजभोलि बढैयाताल, मधुवन र गुलरिया नगरपालिकाका धेरै घरमा यस्ता कक्षाकोठा बनाइएको छ । आदित्य थारूकी आमा लालप्यारी थारूले बालबालिकालाई पढ्न सहज होस् भन्ने उद्देश्यले यसो गरिएको बताउनुभयो ।

    गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतीश यादवले बालबालिका विद्यालयबाट फर्केपछि घरको कक्षाकोठामा बसेर अध्ययन गर्ने गरेको र अध्ययनमा रुचि भए बालविवाह पनि न्यूनीकरण हुने ठानेर यो कार्यव्रmम ल्याइएको बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले विद्यालयमा अध्ययन गरेर घरमा आएपछि घरमा समेत अध्ययन गर्ने वातावरण सिर्जना हुने उद्देश्यले घरको एक कुनामा कक्षाकोठा बनाइएको बताउनुभयो । बालविवाह न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आइरहेको बाँके युनेस्को क्लबले गुलरिया, बढैयाताल र मधुवन नगरपालिकाका एक हजार पाँच सय अभिभावकलाई तालिम दिएर यो अभियान सञ्चालन गरिरहेको छ ।

    युनेस्को क्लब बर्दियाका सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बालबालिकाको पढाइमा रुचि जगाउन सकेमा बालविवाह न्यूनीकरण हुने भएकाले ‘एक घर, एक कक्षाकोठा’ को अवधारण ल्याइएको बताउनुभयो । यो खबर आजको गोरखापत्र मा छ ।

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत
    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • २.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ३.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • ७.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ८.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.