रमेश लेखकले सहकारी ठगी प्रकरणका फरार जीबी राईको खोजी भइरहेको बताएका छन् । तर, राई कहाँ छन भनेर भन्न नमिल्ने उनको भनाई छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आज (बिहीबार) राजविराजमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
Advertisement
उनले भने,‘जीबी राईको खोजी भइरहेको छ । कहाँ छन्, के छन् अहिले यहीँबाट भन्न मिल्दैन ।’ यस्तै, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा पनि अनुसन्धान भैरहेको उनको भनाई छ । उनले भने,‘छोरी निर्मलाको बीभत्स दुःखद हत्या भयो, कुनै पनि अपराधको अनुसन्धान रोकिँदैन ।