बाजुरा । जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।
सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बुधबार नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
नागरिकता बनाउनसनाखत गर्ने कोही नहुँदा उहाँले नागरिकता प्राप्त गर्न सकेी थिइनन् ।
माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा आउनुभएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट बञ्चित भएकी थिइन् ।
आज प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन् ।
नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट बञ्चित भएकी थिइन् । रासस