• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

आठबिसकोटको गौरवको आयोजना : राडीबजार सडकखण्ड कालोपत्रे


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा दुई सडक धमाधम कालोपत्रे भैरहेका छन् । आठबिसकोट नगरपालिका ९ राडीबजार र वडा नम्वर ४ र ५ को गोतामकोटका सडकखण्ड कालोपत्रे हुने भएको हो । करिब दुई दशक पुरानो आठबिसकोट सडक कालोपत्रे नहुँदा यातायात सञ्चालन गर्न असहज भएको थियो । सो सडक कालोपत्रे सम्म्पन्न भएपछि जाजरकोट, डोल्पा र रुकुम पश्चिमका स्थानीयहरूलाई आवतजावत गर्न सहज हुने भएको हो ।

    Advertisement

    उक्त सडक खण्ड ठेक्का आह्वान भएपछि सडक कालोपत्रे हुनेमा आशावादी रहेको र सडकको ट्र्याक खुलेको लामो समयदेखि कालोपत्रे नहुँदा स्थानीयहरूले सास्ती बेहोर्नु परेको वडा नम्वर ९ का वडाध्यक्ष जनक बहादुर बटालाले जानकारी दिए। सडक पालोपत्रे भएपछी कृषि उपज नियात सँगै यातायात सञ्चालन सहज हुने बटालाले बताए। आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड सडकखण्डको कालोपत्रे अन्तिम चरणमा पुगेको छ । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने चार किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम सकिएको छ ।

    कालोपत्रे जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले समयमै काम सम्पन्न गरेको छ । केही महिना पहिले नै पिचको अन्तिम चरणमा पुगेको सो सडक भुक्तानी नपाउँदा समस्यामा परेको थियो । २०८० वैशाखमा सम्झौता भएको उक्त सडक खण्डमा सम्पन्न गर्नुपर्ने समयमै कम्पनीले सडक निर्माण गरेको हो । कम्पनीका निर्देशक राज शाहीका अनुसार बजार क्षेत्रको सबै कालोपत्रेको काम सम्पन्न भएको बताए । शाहीका अनुसार राडीबजारको तल्लो बजार , नगरपालिका देखि शहिद स्मृती स्कुल सम्मको सडक, पिपलबोट देखी क्याम्पस रोड अन्तर्गत सडक खण्डको नापी कार्यालय र पसाने, शहिद गेट सम्मको सडकमा कालोपत्रेको काम सकिएको जानकारी दिए ।

    कम्पनीका अनुसार चार किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा चार किलोमिटर नै सम्पन भएको जनाएको छ । ‘सुरुदेखि नै कामलाई तीव्रता दिँदै आएका छौँ, रकम अभाव नभएको भए ६ महिना पहिले नै कालोपत्रे को काम सकिन्थ्यो’, निर्देशक शाही भन्छन्, केही समय सरकारले बजेट नदिएर अल्झाएपनी अब करिब कालोपत्रेको काम सकिएको छ । मंगलदीपले सडक कालोपत्रे सङ्गै ठाटीखोला नजिकै बसपार्क पनि निर्माण सम्पन्न गरेको छ । उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो ।

    त्यस्तै राप्ती राजमार्ग अन्तर्गत पर्ने छरीबगर गोतामकोट पाटागाउँ सडकखण्ड पनि धमाधम कालोपत्रे भैरहेको छ । सो सडक कालोपत्रे गर्ने जिम्मा लिएको यति बिल्डर्सले कालोपत्रेको कामलाई तिव्रता दिएको हो । गोतामकोटको बगेनाह देखि थापागाउँ सम्मको १० किलोमिटर सडक कालोपत्रे भैरहेको छ । भेरीकरिडोर हुँदै वडा नम्वर ४ र ५ लाई जोड्ने राप्ती राजमार्ग कालोपत्रे पछी डोल्पा र रुकुम पश्चिमका बासिन्दालाई आवतजावत मा थप सहज हुने छ । वडा नम्वर-४ का नरसिङ बिष्ट भन्छन, गोतामकोटमा पहिलोपट सडक कालोपत्रे भएकोले बर्खामा हिलो र हिउदमा धुलोबाट वडाबासी मुक्त हुने बताए ।

    सो सडक कालोपत्रे गरिएसँगै गोतामकोटको धार्मिक तथा पर्यटकीय क्षेत्र चित्रीपाटन, मालिका मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको छ । सोही सडक हुँदै गोतामकोट देखि खदी पुग्ने बाँकी सडक खण्डको समेत निर्माण भइरहेको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै आठबिसकोटमा १४ किलोमिटर सडक पिच भएको छ ।

    पालिकाको मुख्य सडक अलपत्र

    दुई सडक कालोपत्र भैरहँदा मुख्य सडक भने अलपत्र अवस्थामा छ । रुकुम पश्चिमको आठबिसकोटमा सबैभन्दा बढी व्यस्त सडक अन्तर्गत पर्ने चिसापानी-राडीबजार  जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको हो। सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण  सडक आयोजना अन्तर्गत कालोपत्र योजनाको काम अलपत्र परेको हो ।

    कालोपत्र आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कपनले वि. स.२०७८ जेठ ३ गते लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । आठबिसकोट नगरपालिका-११ चिसापानी देखि  पालिकाको केन्द्र राडीबजार सम्म ८ किलोमिटर सहित चिसापानी , राडी नदुवा मुसिकोट माछिमी सडक आयोजना अन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारी विच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ । 

    सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ जेठ २० गते भित्र काम सम्पन्न गर्नुपर्ने छ । तर उक्त सडकमा अहिले सम्म काम नभएको जनाईएको छ ।  पुर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गरिएको र कम्पनीले अटेरी गर्दै आएको बताए । उक्त सडक छिटो निर्माण गर्न नगरपालिकाले पटक पटक ताकेदा गर्दा पनि ठेकेदारले अटेरी गर्दै आएका कारण सडक अलपत्र परेको हो । कर्णाली प्रदेश सरकारले  अघिल्लो वर्ष चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको थियो । जाजरकोट देखि चिसापानी सम्म भेरीकरिडोर भित्र पर्ने  ११ किलोमिटर सडक कालोपत्रे छ । तर चिसापानी देखि राडीबजार सम्मको सडक भने ट्याक खुलेदेखि नै अलपत्र अवस्थामा छ । 

    • आठबिसकोट सडक
    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.