वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका–४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो ।