आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बगर स्थित एम्बुलेन्स दुर्घटना भएको छ । मंगलबार बिहान क्याम्पस रोडमा आठबिसकोट नगर अस्पतालको रा १ झ १५५ नम्वरको एम्बुलेन्स सडकमै पल्टिएर दुर्घटना भएको हो ।
क्याम्पस रोड र सुन्दरपानी जाने बिचसडकमा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन्। उज्यालोपाटी लाई प्राप्त जानकारी अनुसार उक्त एम्बुलेन्स सोही वडामा रहेको बब्लु ग्यारेज लाई भाडामा दिइएको थियो । एम्बुलेन्स भाडामा दिँदा व्यक्तिले मनपरी तरिकाले चलाउँदा बिरामीहरु मारमा पर्दै आएका छन्।
सोही ग्यारेजका मिस्तुरीले चलाएको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको आठबिसकोट प्रहरीले जनाएको छ । एम्बुलेन्स क्षतिग्रस्त बनेको बताईएको छ । सिसा, झ्याल फुटेको र सिट समेत उम्किएको छ । लामो समय देखी नगरपालिकाले बिरामी बोक्ने एम्बुलेन्स व्यक्तिलाई भाडामा दिदै आएको छ ।