• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भने, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि उनीहरूको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।”

    Advertisement

    बुबाआमा दुवै पत्ता नलागेका इन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट वपंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई वंशजका आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गरेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका पेन्सनर)को घरमा आश्रय लिएर हुर्किनुभएका इन्द्रबहादुरका दुई छोरा (जेठा राजेश १८ तथा कान्छा आदेश १३ वर्ष)का छन् । इन्द्रबहादुरले आश्रय लिएर बसेका घरधनी चक्रको सात वर्षअघि निधन भएको छिमेकीहरूले बताएका छन् ।

    चक्रको निधन भएको तीन वर्षपछि (३३ वर्षको उमेरमा) त्यस घरबाट निकालिएका इन्द्रबहादुर अहिले ससुराली घरमा घरज्वाइँ भएर बसिरहेका छन् । चक्रले आफ्नै छोरा बनाएर नागरिकता बनाइदिने, विवाह गरिदिने र अंशसमेत उपलब्ध गराउने शर्तमा त्यस घरमा आफूलाई राखेर काम लगाएको इन्द्रबहादुरले बताउँदै आएका छन् ।

    चक्रको निधनपछि छोराछोरीबाट रु आठ लाख लिएर निस्किनुभएका इन्द्रबहादुरलाई नागरिकता दिलाउन वडा कार्यालय बाम्राङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०८१ साल भदौ १७ गते जिल्ला प्रशासन कार्यालयलाई छुट्टाछुट्टै सिफारिस गरेको थियो । चक्रको घरमा हुँदा नै बाम्राङकै स्थानीय दाहाल थरकी महिलासँग विवाह गर्नुभएका इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि २०८० साल माघ ७ गते गाउँ सर्जमिन गराएर २०४६ साल जेठ १० गतेको जन्ममिति राखेर आफ्नो जन्मदर्ता प्रमाणित गराएका थिए ।

    इन्द्रबहादुरलाई नागरिकता दिलाउन आफू निर्वाचित भएर आएपछि फरकफरक प्रकृतिको पाँचपटक सिफारिस गरिदिएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए । “बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता दिने विषयमा बाम्राङवासी सबै सहमत थियौँ । धेरैले आफ्नो छोरा बनाएर नागरिकता दिन्छु पनि भनेका थिए”, उनले भने, “कानुनी प्रावधानका कारण त्यो सम्भव भएन । लामो समयको प्रयासपछि इन्द्रबहादुरलाई अन्य तरिकाबाट हुर्किएका व्यक्ति भनेर नागरिकता दिलाउन सफल भएका छौँ । अब घरजग्गा व्यवस्था गरेर स्थापित गर्छौँ ।”

    वडा कार्यालय बाम्राङ तथा नगरपालिकाको कार्यालय दिक्तेलबाट सिफारिससहित आवश्यक कागजात लिएर इन्द्रबहादुर २०८१ भदौ १८ गते जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । त्यसबेला शिवकुमार कार्की खोटाङका प्रमुख जिल्ला अधिकारी थिए । तर, जिल्ला प्रशासन कार्यालयले ईन्द्रबहादुरकोे कागजातमा नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ (ग) बमोजिम कानुनी संरक्षकका रूपमा पेस नभएको र अन्य संस्थागत संरक्षकत्वसमेत पेस नभएको भन्दै नागरिकताको सिफारिस दरपिठ गर्दै नागरिकता दिन इन्कार गरेको थियो ।

    जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेपछि इन्द्रबहादुर कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेलाई गुहार्न दिक्तेलस्थित ‘कान्ति ल फर्म’ पुगे । आफ्नो समस्या सुनाएपछि इन्द्रबहादुरले अधिवक्ता घिमिरेलाई प्रोबोनो (निःशुल्क कानुनी सहायता दिने वकिल) कानुन व्यवसायीका रूपमा नियुक्त गरे ।

    प्रशासनले इन्कार गरेपछि नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित बनाएको भन्दै इन्द्रबहादुरले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा वंशजका आधारमा नागरिकता दिन, दिलाउन भनी परमादेशको आदेशसहित माग लिएर रिट निवेदन दर्ता गराए । अधिवक्ता घिमिरेमार्फत जिल्ला प्रशासन कार्यालय र प्रजिअ कार्कीविरुद्ध २०८१ साल मङ्सिरमा रिट निवेदन दर्ता गराए ।

    इन्द्रबहादुरको रिट निवेदनमा न्यायाधीश धीरबहादुर चन्द र बबिता उप्रेतीको संयुक्त इजलासले इन्द्रबहादुरको पक्षमा परमादेश जारी गर्यो । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ मा उल्लेखित कागजात पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र पाऊँ भनी निवेदन पेस गरेको खण्डमा उक्त दफाको ८‐१ (ग) ३ बमोजिम नागरिकताको प्रमाणपत्र दिनु भनी विपक्षीहरूका नाममा २०८१ साल माघ २३ गते परमादेशको आदेश जारी गरेको थियो ।

    उच्च अदालतको परमादेशको फैसला र पत्र जिल्ला प्रशासनलाई पठाएपछि इन्द्रबहादुर पुनः २०८१ साल फागुनदेखि नागरिकता लिन दैनिक प्रशासन धाउन थाले। अदालतले रिट निवेदकलाई नागरिकता दिनू भनेर फैसला गर्दा पनि जिल्ला प्रशासन कार्यालय खोटाङले दुई महिनासम्म नागरिकता नदिँदा इन्द्रबहादुर निरास बन्नुभएको थियो ।

    इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा नगरेकाले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रतिक्रिया दिए । “खोटाङमा यो पहिलो अभ्यास हो । सबै कुरा मन्त्रालयको सुझावका आधारमा गर्नुपथ्र्यो”, उनले भने, “इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि तुरुन्तै नागरिकता दिलाएका छौँ । यसमा हाम्रो कुनै कमजोरी छैन ।”

    प्रशासनको पछिल्लो सेवा प्रवाहका विषयमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका छन् । कांग्रेस खोटाङका प्रवक्ता रोजन राई र एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष गोपाल आचार्यले प्रशासनमै पुगेर नागरिकताको सन्दर्भमा जनताले अनावश्यक दुःख पाएको भन्दै ध्यानाकर्षणसमेत गराए ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.