• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् ।

    Advertisement

    एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए । मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उनको भनाइ छ ।

    यतिबेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ ।

    इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उनले बताए । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे ।

    पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए । महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ ।

    टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

    सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए । त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उनको भनाइ छ ।

    निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको बताए । “तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्नेछौँ”, उनले भने ।

    सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गरे ।

    सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ । रासस

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.