काठमाडौं । नेपाल विद्यार्थी संघ चक्रवर्ती ल कलेजको इकाइ अधिवेशन सम्पन्न भएको छ । विगत लामो समय देखि हुन नसकेको अधिवेधन आज आईतवार सम्पन्न भएको हो ।
Advertisement
बृहत तेस्रो अधिवेधन मार्फत कलेजको नयाँ नेतृत्व सहित नयाँ समिति गठन गरिएको छ । नयाँ समितिमा राजेन्द्र रोकायको अध्यक्षता मा ३५ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा प्रविन आचार्य, रूपेन्द्र दाहाल , विनोद बुढाथोकी, उषा हमाल , उमङ्ग लोहनी , प्रज्वल चुडाल , सफल के.सी. र सचिवमा रेखा मल्ल र गौरभ भण्डारी चयन भएका छन्।
त्यस्तै कोषाध्यक्ष मा प्रकृति पण्डित क्षेत्री चयन हुँदा सहसचिवमा सात जना चयन भएका छन्। लामो समयदेखि नेविसंघको अधिवेशन हुन नसकेको उक्त कलेजमा आजदेखि नयाँ समितिले पुर्णता पाएको छ ।