• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ- प्रधानमन्त्री ओलि


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बौद्ध धर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले बुद्धले देखाएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताए ।

    Advertisement

    बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताए । ‘संसारमा खतरनाक हतियार निर्माण भएका छन्, युद्ध र हिंसाबाट शान्ति स्थापना हुँदैन’, प्रधानमन्त्री ओलीले भने ।

    उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए । उनले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए ।

    बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

    महोत्समा ४० देशका प्रतिनिधि सहभागी छन् । महोत्वस लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो । महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वमाशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवर्द्धन समाजले आयोजना गरेको हो ।

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.