• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ३. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

    Advertisement

    कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
    कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ । कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् ।

    कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउँदा समाजमा पुनःस्थापित हुन समेत सहज हुने कैदी जयराम रुम्बाले बताए ।

    ‘अदालतबाट जेल सजाय पाएपछि जीवन नै सकियो भनेजस्तो लागेको थियो’, मकवानपुरका रुम्बाले भने, ‘तर जेलमा आएर गलैँचा बनाउने सीप सिकेपछि फेरि समाजमा इमान्दारीपूर्वक काम गरेर जीवन बिताउन सकिन्छ भन्ने आशा जागेको छ ।’ उनले गलैँचा बनाएर महिनाको १६ हजारसम्म कमाइरहेका छन्। यो कमाईले उनलाई पकेट खर्च चलाउन समस्या छैन ।

    रुम्बासँगै कारागारको १ नम्बर ब्लकमा रहेका भक्तबहादुर गुरुङले पनि विगत चार वर्षदेखि कारागारभित्रै गलैँचा बनाएर आम्दानी गर्दै आइरहेका छन् । ‘कम्पनीले कारागार व्यवस्थापनमार्फत गलैँचा बनाउन अडर पठाउँछ, त्यसपछि हामी तयार पारेर कम्पनीलाई दिन्छौँ’, गुरुङले भने, ‘हामी २०/२५ जना गलैँचा बनाउन सिकेका छौँ, हामीले बनाएको गलैँचा स्तरीय भएकाले बढी अडर आउने गर्छ ।’

    दुई हजार कैदीबन्दी राख्ने क्षमता रहेको भीमफेदी कारागारमा अहिले एक हजार २४ कैदीबन्दी छन् । सो कारागारमा लागुऔषध, जबर्जस्ती करणी, ज्यानलगायत मुद्दाका बढी कैदीबन्दी छन् । यीमध्ये धेरैले बाँसको मुढा र मैनबत्ती बनाउँदै आएका छन् ।

    ‘विभिन्न मुद्दामा परेर जेल आउने र जाँदा सीप सिकेर फर्किने गरेका छन्’, कारागारभित्र बाँसको मुढा बनाउन व्यस्त सीताराम महतोले भने, ‘जेल सुध्रिने ठाउँ मात्र होइन, गर्नेहरूका लागि सीप सिकेर आयआर्जन गर्ने ठाउँका रूपमा विकास भइरहेको छ ।’ कैदीबन्दीलाई कारागारभित्र सुधार्नका साथै सीपमूलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको कारागारका कैदी जलबहादुर गुरुङको कथन छ ।

    ‘कारागारमा रहेका अधिकांश कैदीबन्दी कुनै न कुनै सीपमूलक कार्य गरेर आयआर्जन गरिरहेका छन्’, गुरुङले भने, ‘यहाँ रोजगार गरेर कमाउँछुभन्दा कमाउन सक्ने ठाउँ पनि हो ।’ कैदीबन्दीको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुढा र मैनबत्ती बनाउनु दैनिकीजस्तै भइरहेको कैदीबन्दीको भनाइ छ । भीमफेदी कारागारका प्रमुख जेलर सुवास पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २५० जना गलैँचा, १५० जना मुढा बनाउने र ५० जना मैनबत्ती बनाउन र पाँच जना पोते बनाएर कारागारभित्रै आयआर्जन गर्दै आएका छन् ।

    कैदीबन्दीलाई सीप विकास गर्नसके राज्यको आर्थिक भारमा समेतमा सहुलियत हुने प्रमुख जेलर पौडेलले बताए । ‘सरकारले पनि जेल सजाय भोगिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउनुपर्छ भन्ने मान्यता राखेको छ’, प्रमुख जेलर पौडेलले भने, ‘सरकारको त्यही मान्यताअनुरूप कारागारभित्रै कैदीबन्दीलाई सीपमूलक काम सिकाएर आम्दानीको स्रोत पहिल्याई दिएका हौँ ।’ यसबाट कैदीबन्दीलाई कारागारमा रहँदा समय बिताउन समस्या पनि नहुने र आयआर्जन समेत गर्न सकिने र पछि फर्किएर समाजमा पनि सहजरुपमै जीवनयापन गर्न सकिने प्रमुख जेलर पौडेलको भनाइ छ ।

    कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कैदीबन्दीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने देखिन्छ । रासस

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?
    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ३.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ४.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ५.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ६.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • ७.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ८.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.