चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन’लाई संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसकेका छन्।
नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्यांकन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।