पाल्पाकी एक युवतीलाई भारतीय युवकले प्रेम प्रस्ताव अस्वीकार गरेपछि गोली प्रहार गरेका छन्। बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी ती युवतीको कम्मरमा गोली लागेको हो। गम्भीर अवस्थामा रहेकी उनलाई उपचारका लागि चितवन पठाइएको छ।
Advertisement
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न युवक भारतीय नागरिक आलम अन्सारी हुन्। उनी पहिले पनि सो होटलमा आउने र ती युवतीलाई मन पराउने गरेका थिए।
युवतीले उनको प्रस्ताव स्वीकार नगरेपछि केही दिनअघि विवाद भएको थियो। त्यसको केही दिनपछि उनले गोली प्रहार गरेका हुन्। हाल युवक फरार छन् र प्रहरीले खोजी तीव्र बनाएको छ।