रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाको नगर स्तरिय आधारभूत शिक्षा परिक्षा कक्षा-८ को ग्रेडवृद्धि परिक्षा स्थगित गरिएको छ । २०८० सालको उक्त परिक्षामा अनुउतिर्ण भएकाहरुको ग्रेडबृद्धि को लागि यही बैशाख ९ र १० गते परिक्षा सञ्चालन मिति तोकिएको थियो ।
Advertisement
तर देशैभर जारी शिक्षक आन्दोलनका कारण उक्त परिक्षा स्थगित गरिएको आठबिसकोट शिक्षा शाखाले एक सुचना जारी गर्दै जानकारी दिएको छ । अर्को सुचना जारी नभए सम्म परिक्षा स्थगित गरिएको बताईएको छ ।
नगरपालिकाभर बाट ८१८ जना बिधार्थी परिक्षामा सहभागी भएकोमा ३३१ जना मात्रै परिक्षामा उतिर्ण भएका थिए।
