आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडीबजारमा रहेको रेडियो नयाँ नेपाल आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ।
Advertisement
जनचेतनाका लागी ठुलीभेरी सञ्चार केन्द्र रूकुम पश्चिमद्वारा संचालित रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्ज आजदेखि ७ वर्ष पार गरी आठौ वर्षमा प्रवेश गरेको हो ।
रेडियो नयाँ नेपाल २०७५ साल वैशाख ५ गते बाट प्रशारणमा आएको हो । वार्षिकोत्सवको रेडियोले विज्ञापनदाता, श्रोता, स्थानीय सरकार, शुभचिन्तक सबैमा हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेको छ ।