दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
Advertisement
घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ। रासस