राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती रुकुम पश्चिमले “आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव“ आयोजना गर्ने भएको छ ।
आठबिसकोटस्थित राडीबजारको रगंंशालामा यही बैशाख ११ गतेदेखि बैशाख २१ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक समितिका संयोजक मिलन परियार बुचीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव ५० वटा स्टल, विभिन्न स्थानीय उत्पादनका साथै कृषि लगायतको प्रर्दशनी रहने छ ।
पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको परियारले बताउनुभयो ।
महोत्सव स्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने संयोजक परियारले जानकारी दिनुभयो । पर्यटन र संस्कृति साथै स्थानीय व्यापारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिनेछ ।
यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइएको छ । नायक पल शाह, जिवन शर्मा, विष्णु खत्री, ज्योती मगर, पुष्कल शर्मा, बद्री पगेंनी, एलिना चौहान, समिक्षा अधिकारी लगाएत अन्य कलाकार आउने आयोजकले जनाएको छ ।