तीनकुने घटनामा मुख्य कमाण्डर रहेका दुर्गा प्रसाईलाई नेपाल ल्याईएको छ । भारतको आसाममा प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईँलाई काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गराइएको छ।
Advertisement
प्रहरीले अहिले उनलाई स्कटिङ गरी भद्रपुर विमानस्थल लगिरहेको छ भने उनलाई केहीबेरमै बुद्ध एयरको जहाजमा काठमाडौँतर्फ लगिँदैछ।
चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।