बुधबार रातीको हावाहुरीले सल्यानमा विद्यालय तथा घरको छाना उडाएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय मार्केको छाना उडाएको विद्यालयले जनाएको छ । दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि कक्षाकोठामा आंशिक क्षती पुगेको र पठनपाठनमा समेत असर पर्ने भएको हो ।
Advertisement
विद्यालय संगै गाउँका केही घरमा पनि हावा हुरीले क्षति पुर्याएको जानकारी आएको भन्दै वडा अध्यक्ष लक्ष्मण बुढाथोकीले क्षतिको विवरण संकलन भइरहेको जनाए ।