ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अहिले फेरी लफडा सुरु भएको छ । बेलाबेलामा बिभिन्न काण्डले चर्चामा आएको मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि पछिल्लो समय थप चर्चामा रहेको छ ।
राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्रीले राज्यमन्त्री तामाङले सचिबलाई आफुले भनेको काम नगरेको र मन्त्रीले भनेको मात्रै गरेको भन्दै मन्त्रीलाई देखाउन स्पष्टीकरण सोधेको पाइएको छ ।
तामाङले सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । २५ चैतमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा (मन्त्री अनुपस्थित हुँदा) राज्यमन्त्री प्रमुख अतिथिको भूमिकामा रहेको बेला आसनग्रहणका लागि मन्चमा बोलाउँदा समेत नआएको तामाङले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
पत्रमा लेखिएको छ ‘तपाईंले के कस्को प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नुभएको हो ? साथै देहायको विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ,’ राज्यमन्त्री तामाङले सोधेको स्पष्टीकरणमा भनिएको छ ।
यस्तो छ पत्र ।
