त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।
Advertisement
बरालको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो ।