डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको छ। उनका ३ महिने शिशुसहित परिवारका ४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नागरीका १० वर्षीया छोरी तारा, ८ वर्षीया छोरा अभिषेक, ६ वर्षीय छोरा अबी र ३ महिनाका छोरा शंकर घाइते भएका छन्।