आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ का पुर्व वडाअध्यक्ष नरदल खत्रीको निधन भएको छ । उपचारका क्रममा भक्तपुर स्थित क्यान्सर अस्पतालमा खत्रीको आइतवार निधन भएको हो ।
Advertisement
लामो समयदेखि उनी आन्द्राको क्यान्सर पीडित थिए । बि स २०५४ सालमा नेपाली काँग्रेस बाट उनी साविकको आठबिसकोट गाविस वडा नम्वर ६ को वडा अध्यक्ष भएका थिए ।