रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को नतिजा सार्वजानिक गरेको छ । चैत्र ७ गतेदेखि १४ गते सम्म संचालन भएको परिक्षाको नतिजा आज सार्वजानिक गरेको हो । सार्वजानिक नतिजा अनुसार ४०.४६ प्रतिशत विद्यार्थि उतिर्ण भएका छन । आठविसकोटमा कक्षा ८ का ५९.५४ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन् ।
नगरपालिका भित्रका २३ वटा विद्यालका ८१८ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थिए भने जम्मा ३३१ जना मात्रै उतिर्ण भएको नतिजामा उल्लेख छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जारी गरेको नतिजा प्रकाशनको सूचना अनुसार २ वटा विषयमा फेल भएका विद्यार्थीहरुका लागि ग्रेड वृद्धिको परीक्षाको व्यवस्था गरिएको छ । ग्रेड बृद्धिको परीक्षा २०८२ बैशाख ९ र १० गते तोकिएको बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
प्रकाशित नतिजा अनुसार कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालय तर्फ जनकल्यान मावि गोईरी नगरमै उत्कृष्ट भएकोे छ । जनकल्यान मावि गोइरीले ९०.३२ विद्यार्थि उतिर्ण गराउँदै नगर प्रथम भएको हो । यस्तै संस्थागत तर्फ आठविसकोट पिसजोन एकेडेमी प्रालि प्रथम भएको छ । उसले सत प्रतिशत विद्यार्थि उतिर्ण गराउन सफल भएको छ । आठविसकोट पिसजोन एकेडेमी प्रालिबाट २५ जनाले परिक्षा दिएकोमा सबै विद्यार्थि उतिर्ण भएका छन ।
सार्वजनिक भएको नतिजा अनुसार १९ जना विद्यार्थीले ए प्लस ग्रेड, ९५ विद्यार्थीले ए ग्रेड, १ सय ७४ विद्यार्थीले बी प्लस ग्रेड, ४० विद्यार्थीले बी गे्रड र ३ जना विद्यार्थीले सी प्लस ग्रेड ल्याउन सफल भएका छन ।