रुकुम पश्चिमको आठबिसकोट नगरपालिका अन्तर्गत नगर स्तरीय आधारभूत शिक्षा परिक्षा (कक्षा८) को रिजल्ट प्रकाशन भएको छ । आठबिसकोटका सामुदायिक तथा संस्थागत विधालयहरुको नतिजा शनिवार प्रकाशन गरिएको हो ।
आधारभूत शिक्षा परिक्षा (कक्षा८) सञ्चालन, सम्वनय तथा व्यवस्थापन समितिका अनुसार नगरपालिकाभर २३ वटा स्कुलबाट ८१८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसपटकको नतिजा कमजोर देखिएको छ । ८१८ जना विद्यार्थी सहभागी परिक्षामा जम्मा ३३१ जना मात्रै विद्यार्थी उतिर्ण भएका छन्।
आठबिसकोटमा आधारभूत तहको परिक्षाफल कम्जोर देखिएको छ । नगरपालिकाभर ४० प्रतिशत मात्रै विद्यार्थी उतिर्ण हुँदा यता एक संस्थागत बिधालयमा भने शतप्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। आठबिसकोट पिसजोन एकेडेमी बाट परिक्षामा सहभागी २५ जना विद्यार्थी मध्ये १६ जनाले ए प्लस ग्रेड र ९ जनाले ए ग्रेड ल्याएर शतप्रतिशत उतिर्ण भएका छन्। सबै विद्यार्थी उच्च ग्रेड ल्याएर उतिर्ण भए सँगै पिस जोन नगरपालिकामै पहिलो बनेको छ ।
त्यस्तै सामुदायिक विधालय अन्तर्गत सबैभन्दा बढी विधार्थी उतिर्ण भएर जनकल्यान मावि गोइरी प्रथम बनेको छ । जनकल्यानबाट ३१ जना बिधार्थी सहभागी भएकोमा २८ जना उतिर्ण भएका छन्। ९० प्रतिशत उतिर्ण गरेको जनकल्यान मावि सामुदायिक विधालयहरुमै अब्बल भएको छ । नगरपालिकाभर दोस्रो भएको उक्त बिधालयल अन्य सामुदायिक विधालयको तुलनामा अब्बल देखिएको हो ।
यस्तो छ परिक्षाफल
