बैतडीको दशरथचन्द नगरपालिका मा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका- ५ का ५४ वर्षीय चञ्चले दयाल रहेको प्रहरीले जनाएको छ ।
Advertisement
बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका-११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा हुँदा घाते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै जीप चालक ३५ वर्षीय राकेस कोली , पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, र दशरथचन्द नगरपालिका-१० कि ३० वर्षीया कविता परियार घाइते भएका छन्। घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल परेको बताइएको छ।