काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा विरोध र्यालीसहित प्रदर्शन गरेको छ । यही चैत १५ गते राजतन्त्र पुनःस्थापना गर्ने उदेश्यले आयोजना गर्ने क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनाबारे निष्पक्ष न्यायिक छानबीननकाे माग गर्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेकाे हाे ।
Advertisement
त्यसैगरी साेही घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमसेर राणा लगायत सम्पूर्ण बन्दीहरू रिहाई, मृतकहरुलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था लगायतको माग राखेर सुन्धारादेखि शान्तिबाटिकासम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । – तस्विर नेपाल फोटो लाइब्रेरी